मास्कमा फसेका दक्षिण अफ्रिकी राष्ट्रपति

एजेन्सी– अहिले विश्वभर कोरोनाभाइरसको कहर बढिरहेको छ । कोरोनाभाइरासका कारण विभिन्न देशमा लकडाउन गरिएको छ । विश्वका विभिन्न देशले मास्क अनिवार्य गरेका छन् । जर्मनी यसमा पछिल्लो देश भएको छ जसले सबै नागरिकलाई मास्क लगाउन अनिवार्य गरेको छ ।

अनि अहिले विश्वका नेताहरु पनि कुनै भाषण दिनुपर्दा मास्क नै लगाएर आएका देखिन्छन् । हो, अमेरिकी राष्ट्रपति चाहिँ एक जना हुन् जसले मास्क लगाउँदिनँ भनेर सार्वजनिक रुपमै भनेका थिए । 

तर, उनकै श्रीमती मेलानिया ट्रम्पले चाहिँ बारम्बार सामाजिक सन्जालमा मानिसहरुसँग मास्क लगाउन अनुरोध गरिरहेकी छिन् । 

यहीबीच दक्षिण अफ्रिकामा अहिले एउटा भिडियो भाइरल भएको छ । यो भिडियो हो, त्यहाँका राष्ट्रपतिको । त्यहाँ राष्ट्रपतिले मास्कसम्बन्धी जुन समस्या फेस गरे, त्यसका कारण उनी चर्चाको विषय बनेका छन् । 

राष्ट्रपति सिरिल रामाफोसाले बिहिबार टिभीमा लाइभ सम्बोधन गरिरहेका थिए । तर, सम्बोधनमा अन्त्यमा उनी मास्कका कारण यसरी फसेँ कि अहिले यो निकै चर्चाको विषय बनेको छ ।

खासमा उनले मास्क लगाउन नजानेर यस्तो भएको हो । के भएछ भने उनले एकातिर कानमा मास्कको डोरी राखिरहँदा अर्कोतिर यो फुत्किन्छ । अनि यसका कारण अहिले दक्षिण अफ्रिकामा निकै ठूलो हाँसो बनाइएको छ ।





  • प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार १८:२३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया