काठमाडौँका मस्जिदमा रहेका सबैको कोरोना भाइरस परीक्षण सुरु

काठमाडौं– उदयपुरको भुल्केमा मस्जिदमा रहेका व्यक्तिहरुबाट कोरोना फैलिएपछि सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस परीक्षण सुरु गरेको छ । 

स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण सुरु गरिएको जानकारी दिएका हुन् ।

बिहीबारदेखि सुरु गरिएको पिसिआर परीक्षण शुक्रबार पनि जारी रह्यो । श्रेष्ठका अनुसार बिहीबार ७६ जनामा परीक्षण गरिएको र बाँकीको आज पनि भइरहेको छ । 

उदयपुरको भुल्केस्थित मस्जिदमा २७ जनामा कोभिड संक्रमण देखिएको थियो । तीनजना काठमाडौं गएको देखिएका कारण काठमाडौंमा रहेका सबैको परीक्षण गरिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।





  • प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार १८:२५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया