‘ओलीको नैतिकता छैन, अविलम्ब राजीनामा दिनुपर्छ’

काठमाडौं– सोमबार मात्र ल्याएको अध्यादेश शुक्रबार खारेज गर्ने सरकारको निर्णय आएपछि यसबारे थप चर्चा चलिरहेको छ । विभिन्न दलका नेताहरुले यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रका रुपमा बुझेका छन् । उनले आफूलाई सत्तामा थप बलियो बनाउन अरु पार्टी फुटाउने हेतुले यो अध्यादेश ल्याएकोमा उनकै पार्टीबाट पनि आलोचना भएको छ ।

यहीबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको हत्या गर्न खोेजेको आरोप लगाएका छन् ।

यतिमात्र होइन, उनले त ओलीको राजीनामासमेत माग गरेका छन् । 

माइक्रो ब्लगिङ साइट ट्विटरमा प्रदीप पौडेलले लेखेका छन्– बाध्य भएर अध्यादेश फिर्ता गर्नु कुनै बहादुरी हैन । जनताका अघि उभिएर जवाफ दिनुस् प्रधानमन्त्रीज्यू– सांसद अपहरण गर्ने मानवताविरोधी अपराध किन गर्नुभयो रु” नेता पौडेलले लेखेका छन्, “तपाईंका हात लोकतन्त्रको हत्या गर्न उद्यत छन्, प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिकता अब बाँकी छैन, अविलम्ब राजीनामा दिनुस् ।





  • प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार १८:३१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया