ओलीलाई डिफेन्ड गरे योगेश भट्टराईले !

काठमाडौं– केही दिनयता नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उनकै पार्टीबाट आलोचना भइरहेको छ । राजनीतिक दल फुटाउन सहज हुनेगरि र संवैधानिक परिषदमा विपक्षी दललाई नै निस्तेज गर्ने गरि अध्यादेश ल्याएपछि ओलीको यो आलोचना बढेको हो । 

व्यापक विरोध र आलोचना भएपछि, पार्टीकै नेताहरुले साथ नदिएपछि प्रधानमन्त्री ओलीले बाध्य भएर यी दुवै अध्यादेश फिर्ता लिन पुगेका छन् । 

यसअघि यो अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट भनिएका परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत यसको विरोध गरेको समाचारहरु बाहिरिएका थिए । 

चौतर्फी विरोध भइरहेको यो समयमा पनि ओलीलाई साथ दिएका छन्, अर्का मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले । 

मन्त्री योगेशले ट्विटरमा एउटा स्टाटस लेखेका छन् जसमा उनले ओलीलाई डिफेन्ड गरेका छन् । अध्यादेश खारेज भएपछि उनले ओलीलाई घुमाउरो पारामा खारिएको र अनुभवी नेता भएको र उनको विशेष विशेषता नै लचकता भएको लेखेका छन् । 

तर, योगेशलाई यो ट्विट महंगो सावित भएको छ । उनलाई ट्विटमा अन्यले मन्त्री पाएपछि गलत कामको पनि प्रशंसा गरेको भन्दै आलोचना गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार १८:४२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया