कोरोनाविरुद्ध चीनले बनाएको भ्याक्सिन बाँदरमा सफल, मानिसमा परीक्षण हुने

चीनमा गत वर्षको डिसेम्बरको अन्त्यमा मानिसमा पहिलो पटक देखिएको कोरोनाभाइरसले अहिले विश्व प्रताडित भएको छ । तर, अब यो भाइरसको कहर चीनमा चाहिँ विस्तारै कम हुन थालेको छ । 

त्यहाँ लामो समयदेखि लकडाउन भएका सहरहरु खुल्न थालेका छन्, सडकमा गाडीहरु गुड्न थालेका छन् ।

तर, चीनले अझै पनि कोरोनाभाइरसबारे अध्ययन गर्न चाहिँ छोडेको छैन । 

यहीबीच चीनबाट एउटा आशालाग्दो समाचार आएको छ । त्यो चीनले बनाएको एउटा खोपले बाँदरलाई कोरोनाभाइरसबाट बचाएको छ । यो खोप बाँदरमा परीक्षण गर्दा सफल भएसँगै अब मानिसमा परीक्षण गर्ने तयारी रहेको छ ।

बेइजिङमा रहेको सिनोभ्याक बायोटेक कम्पनीले यो खोपको बाँदरमा परीक्षण गरेको हो । आठ बाँदरमा यो खोप ललगाउँदा ती बाँद्यदरको फोक्सोमा राखिएको कोरोनाभाइरसको मृत्यु भएको थियो । खोप लगाइएपछि बाँदरमा कोरोनाभाइरस हटेको पाइएको थियो ।

यो कम्पनीले दुई थरि खोप बनाएको बताएको छ ।



अब मानिसमा गरिने परीक्षणको नतिजा केही दिनमा आउने चिनियाँ सन्चारमाध्यमले जनाएका छन् ।



  • प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार १९:१३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया