चितवनका युवाले पनि जिते कोरोनाभाइरस, डिस्चार्जको तयारी

काठमाडौं– कोरोनाभाइरस संक्रमित चितवनका युवा पनि कोरोनाभाइरस मुक्त भएका छन् । २७ वर्षका यी युवाको दोस्रो परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्जको तयारी गरिएको छ । उनी चितवनको राप्ती नगरपालिका ८ का हुन् । 

भरतपुर अस्पतालमा उपचार गराइरहेका यी युवा आमासँगै ८ चैतमा बेलायतबाट फर्किएका थिए । उनकी आमामा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । उनकी आमाको पछिल्लो रिपोर्ट पनि पोजेटिभ आएकाले उनलाई थप केही दिन अस्पतालमा नै राखेर उपचार गरिने जनाइएको छ । उनकी आमा ६३ वर्षकी हुन् ।

यी युवा ठिक भएसँगै नेपालमा १२ जनाले कोरोनाभाइरसलाई जित्ने छन् । अहिलेसम्म नेपालमा ४९ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।

 

 





  • प्रकाशित मिति : बैशाख १३, २०७७ शनिबार १३:३१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया