साउदी अरबमा अब कोर्रा हान्ने सजाय दिन नपाइने

साउदी अरबमा अब कोर्रा हान्ने सजाय दिन नपाइने भएको छ । एक कानुनी नियमको आधारमा यो भनिएको हो ।

तर, अब कोर्राको सजाय नपाउनेले यसको बदलामा जेल सजाय दिनु पर्ने अथवा रकम तिर्नु पर्ने त्यहाँको सर्वोच्च अदालतले जनाएको छ । 

नयाँ आएको यो निर्देशनलाई साउदी अरबका राजा सलमान तथा उनका छोरा प्रिन्स मोहम्मद बिन सलमानले मानवअधिकार सुधार गर्न खोजेको भन्दै प्रशंसा पाएका छन् ।

पछिल्लो समय विश्वमा नै साउदी अरबको नियम तथा पत्रकार जमाल खाशोज्जीको हत्याआरोपमा आलोचना हुँदै आएको थियो । त्यहाँका नियमहरुका कारण मानवअधिकार पनि उल्लघंन भएको भन्दै आइएको थियो । 

 

 





  • प्रकाशित मिति : बैशाख १३, २०७७ शनिबार १७:५१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया