वीरगन्जमा एक युवतीको आरडिटी टेस्ट लगातार तीन पटक पोजेटिभ, उपचार गर्दागर्दै मृत्यु

वीरगन्ज– लगातार ३ पटक र्यापिड टेस्टमा पोजेटिभ आएकी एक युवतीको थप उपचार गर्दागर्दै मृत्यु भएको छ । वीरगन्ज १० की २३ वर्षीया युवतीको आरडिटी टेस्टमा कोरोनाभाइरस पोजेटिभ देखिएपनि मृत्यु भएको हो ।

उनलाई ब्लड क्यान्सर यसअघि नै देखिएको थियो । तर, उनलाई कोरोनाभाइरसका लक्षण देखिएको थिएन । लक्षण नदेखिए पनि आरडिटी टेस्टमा पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । 

वीरगन्जको तराई अस्पतालमा शनिबार भर्ना भएकी युवतीको आइतबार निधन भएको हो । 

अब उनको शवबाट स्वाब लिएर पिसिआर परीक्षण गरिने भएको छ ।

यसअघि पनि नेपालमा केही व्यक्तिहरुको आरडिटी पोजेटिभ देखिएको थियो । तर, पिसिआर परीक्षणमा कोभिड १९ नेगेटिभ देखिएको थियो । 

 





  • प्रकाशित मिति : बैशाख १४, २०७७ आइतबार ११:२०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया