काठमाडौं– पूर्वसूचना तथा सन्चारमन्त्री गोकुल बाँस्कोटा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् । तर, सेक्युरिटी प्रेस खरिदमा ७० करोडको घुस डिलिङ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिए ।
अहिले पनि ओलीनिवास बालकोटामा बस्ने गरेका छन् ।
पछिल्लो समय बाँस्कोटाले सामाजिक सन्जालमा ट्विटरमा नेपाल कम्युनिस्ट पार्टीमा भइरहेको शक्ति सन्तुलनबारे खुलेर लेख्न थालेका छन् । केहीअघि मात्र उनले माधवकुमार नेपाल र ओली एकअर्काका पर्याय भएको र नेपालले ओलीलाई कुनै पनि हालतमा धोका दिन नसक्ने लेखेका थिए ।
यी दुई नेतासँग आफूले २०४९ सालदेखि संगत गरेको भन्दै दुवैको मित्रता निकै गहिरो भएको उनले दाबी गरेका थिए ।
तर, पछिल्लो समय माधव नेपाल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिकिएको समाचारहरु आउन थालेका छन् । यहीबीच गोकुल बाँस्कोटाले ट्विटरमा ओलीविनाको नेकपा कल्पना गर्न नसकिने लेखेका छन् ।
उनले लेखेका छन्, ‘ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरुले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ?’
अनि उनले गणितले राजनीतिको नभइ राजनीतिले गणितको फैसला गर्ने पनि उल्लेख गरेका छन् ।
उनले ट्विटमा लेखेका छन्–
ओली नभएकाे नेकपाकाे कल्पना गर्ने पनि नेकपामा छन भने तिनिहरुले चाहेकाे सबल नेकपाकाे चित्र कस्ताे हाेला त? गणितले राजनितिकाे हैन,राजनितिले गणितकाे फैसला गर्छ।तिनाउकाे किनारमा रामापिथेकसकाे नलिहाड खाेजेर बसेकाे भए मञ्जुश्रीले काठमाण्डाैमा बस्ती नै बसाउन सक्ने थिएनन ।
— Gokul Prasad Baskota (@GokulPBaskota) April 26, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।