नेपाल प्रहरी प्रवक्तामा शाही

काठमाडौँ — नेपाल प्रहरीको प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) निरजबहादुर शाहीलाई तोकिएको छ ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले शाहीलाई आइतबार प्रहरी प्रवक्ताको जिम्मा दिएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत शाही गत साता प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा सरुवा भएका थिए ।

यसअघि प्रवक्ताको जिम्मा शैलेश थापा क्षेत्रीलाई दिइएकामा उनी एआईजीमा बढुवा भएपछि उक्त जिम्मेवारी एसएसपी उमेशराज जोशीले सम्हाल्दै आएका थिए ।





  • प्रकाशित मिति : बैशाख १५, २०७७ साेमबार १:२३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया