सांसद अपहरण जाहेरी दर्ता आज हुनसक्ने

काठमाडौं– समाजवादी पार्टीका सांसद् तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा मुछिएका दुई सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी प्रमुख सवेन्द्र खनालविरुद्धको जाहेरी आज प्रहरीमा दर्ता हुने सम्भावना बढेको छ । 

प्रहरी हेडक्वार्टरले जाहेरी दर्ता गर्ने अभिव्यक्ति दिन थालेपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर नवगठित दल जनता समाजवादी पार्टीका नेताहरु फेरि छलफलमा जुटेका छन् । उनीहरु आजै फेरि प्रहरी कार्यालय गएर जाहेरी दिने तयारी गरेको समाजवादी पार्टीका एक नेताले फरकधारलाई जानकारी दिएका छन् ।

उता, प्रहरी हेडक्वार्टरले प्रहरी कार्यालयलाई यो जाहेरी दर्ता गर्न निर्देशन दिएको छ । जाहेरी आएपछि अनुसन्धान पछि थप कुरा अगाडि बढ्ने र जाहेरी दर्ता नगरे त्यसको कानुनी बाटो खुला रहने उनीहरुल्े अभिव्यक्ति दिएका छन् । 

यसअघि आइतबार प्रहरी परिसर टेकुले जनता समाजवादी पार्टीका नेताहरुसहित प्रहरी कार्यालय पुगेका डा. यादवको किटानी जाहेरी लिन मानेको थिएन । टेकु

प्रहरीले डा. यादव र जसपाका नेताहरुलाई महोत्तरी जान भनेका थिए । 

 





  • प्रकाशित मिति : बैशाख १५, २०७७ साेमबार १२:५२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया