भेटे प्रचण्ड, खनाल र गौतम
फाइल तस्वीर ।

काठमाडौं– केही दिनयता नेपाल कम्युनिस्ट पार्टीमा चलिरहेको रस्साकस्सीबीच नयाँ नयाँ समीकरणमा काम भइरहेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिनभर भेटवार्तामा समय बिताएका छन् । 

उनको सन्देश लिएर उनीनिकट नेताहरु पनि वार्ताका लागि अरु समूहसँग भेटघाट गरिरहेका छन् । 

एकातिर अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट बाक्लिएको छ भने अर्कोतिर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि भेटघाटमा सक्रिय हुन थालेका छन् । 

सोमबार मात्र अध्यक्ष प्रचण्डसँग नेकपाका उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता झलनाथ खनालले भेटघाट गरेका छन् । स्रोतका अनुसार माधवकुमार नेपाल ओलीसँग वार्तामा रहे पनि प्रचण्डसँग आफ्नो सम्पकै बढाइरहेका छन् ।

यी सबै भेटले नेकपाको स्थायी कमिटी बैठक तत्काल बोलाउनु पर्ने माग राखिरहेका छन् । तर, प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक तत्काल बोलाउन तयार छैनन् । स्थायी कमिटी बैठक राखेर आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन सकिन्छ भन्ने डरमा प्रधानमन्त्री अ‍ोली छन् ।
 

 





  • प्रकाशित मिति : बैशाख १५, २०७७ साेमबार १७:६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया