आफ्नै बहिनीलाई करणी गरेको आरोपमा एक पक्राउ

काठमाडौं– आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । 

सिन्धुपाल्चोक घर भई हाल मध्यपुर ठिमी नगरपालिका ९ बोडेमा बस्दै आएकी १४ वर्षीया किशोरीलाई उनकै २३ वर्षीय दाइले बलात्कार गरेको आरोप छ ।

पीडित किशोरीले जबर्जस्ती करणी गरेको किटानी जाहेरी दिएकी थिइन् । सोही दरखास्तको आधारमा प्रहरीले दाजुलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले जबर्जस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख १५, २०७७ साेमबार १७:२९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया