ओलीको चलाखी– नेपाल र प्रचण्ड दुवैकहाँ एउटै प्रस्ताव
फाइल तस्वीर ।

काठमाडौं– पछिल्ला केही दिन यता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ‘राजनीतिक सेयरबजार’ निकै माथि उक्लिएको छ । यहीबीच विभिन्न नेताहरु पछिल्लो समीकरणलाई अझ बलियो बनाउन लागिपरेका छन् । 

नेकपामा दोस्रो तहका नेताहरु चाहिँ आआफ्ना नेताको भ्वाइसलाई लिएर अर्को पक्षसँग वार्ता गरिरहेका छन् । यसको उदाहरण हो, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा भएको नेपाल र नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका ‘दूत’हरुको बैठक । 

सोमबार बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग छलफल गरिरहँदा नेपाल निवासमा यी दुवै पक्षका नेताहरुको भेट भएको थियो । यसका लागि ओलीले पहिले नै आफ्नो तुरुप नेपालका लागि फालिसकेका छन् । तत्काल स्थायी समिति बैठक बोलाउन आवश्यक नभएको भन्ने कुरामा नेपाल मानेको खण्डमा अब हुने महाधिवेशनमा ओलीले अध्यक्षमा नेपालका लागि समर्थन गर्न तयार रहेको उनले पठाएको सन्देश हो । 

तर, यसमा माधवकुमार नेपाल मान्न तयार छैनन् । 

अर्कोतिर ओलीले आफ्ना कुराहरुसहित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पठाएका छन् । ओलीले माधव नेपाल र प्रचण्ड दुवैलाई आफ्ना सर्त र कुराहरु प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका शंकर पोखरेललाई सन्देश पठाएका थिए । प्रचण्डसँगको भेटमा पोखरेलले ओली अहिले प्रधानमन्त्री रहेर अध्यक्ष पद छोड्न तयार रहेको सन्देश पठाएको खुमलटार स्रोतले फरकधारलाई जानकारी दिएको छ । 

ठ्याक्कै यही कुरा माधव नेपाललाई पनि उनले भनेका छन् । स्रोतका अनुसार ओली अब यो समस्याबाट आफूलाई पार लगाउन नेपाललाई अध्यक्ष पद दिन तयार भएका छन् । 
 



 



  • प्रकाशित मिति : बैशाख १५, २०७७ साेमबार १९:४५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया