मिलेन नेपाल समूहसँग ओली समूहको वार्ता
फाइल तस्वीर ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पठाएका सबै सर्त नेपाल समूहले अस्वीकार गरिदिएको छ । योसँगै अब सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा थप समस्या हुने निश्चित भएको छ । 

गत सोमबार दुई अध्यादेश ल्याएपछि पार्टीमा एक्लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालसँग सोमबार दिनभर गहन वार्ता गरेका थिए । नेपाल निवास कोटेश्वरमा चाहिँ नेपाल र ओली समूहका नेताहरुबीच छलफल चलेको थियो । तर, छलफलमा नेपाल समूहका नेताहरुले अहिले स्थायी समितिको बैठकको विकल्प नभएको भन्दै ओलीले पठाएका अरु सबै सर्तहरु अस्वीकार गरिदिएका हुन् । 

छलफलमा सहभागी नेपाल समूहका एक नेताले फरकधारसँग भने, ‘अहिले जुन परिस्थिति निर्माण भएको छ र हामीले केही दिनअघि स्थायी समिति बैठक बोलाउन भनेका थियौँ, त्यसलाई हेरेर पनि अहिले तत्काल अरु कुरामा हामीले सहमती गर्ने कुरा भएन । त्यसैले अहिलेको एउटै विकल्प प्रधानमन्त्री ओलीले बैठक बोलाएर प्रधानमन्त्री र अध्यक्ष पदबाट निकास दिनु नै ठिक हो भन्ने निष्कर्ष निस्किएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली अहिले तत्काल स्थायी समिति बैठक बोलाउने पक्षमा छैनन् । बैठकमा उठ्न सक्ने प्रश्नहरुबाट डराएर प्रधानमन्त्री ओलीले यो बैठकलाई टार्न खोजेको अरु नेताहरुले आरोप लगाएका छन् । 

उता, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका अन्य नेताहरु माधव नेपाल, वामदेव गौतम, झलनाथ खनालसँग आफ्नो वार्ता निष्कर्षमा पुर्याएका छन् । यी सबै नेताको एउटै जोड छ– प्रधानमन्त्री ओलीले अब निकास दिनु पर्छ ।

‘यो अहिलेको समयको माग हो,’ प्रचण्ड सचिवालयका एक सदस्यले फरकधारसँग भनेका छन्, ‘प्रधानमन्त्री ओलीले अहिले जुन परिस्थिति निर्माण गर्नु भएको छ, त्यसले पूरै पार्टीको बदनाम भएको भन्ने नेताहरुको निष्कर्ष छ ।’
 



 



  • प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार ९:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया