आफ्ना मान्छे जोगाउने सरकारको खेल, राष्ट्रपतिको विरोध गर्नेलाई पाँच वर्ष जेल

काठमाडौं– आफ्ना मन्त्री र सत्तारुढ दलका नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको सरकारले सर्वसाधारणले सामान्य विरोध गर्दा भने पाँच वर्षसम्मको जेल सजाय दिइरहेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि किनिएको १६ करोडको गाडीको विषयमा विरोध गरेको आधारमा सोनमकुमार सुनारले पाँच वर्षका  जेल सजाय पाएका छन् । उनी अहिले केन्द्रीय कारागार सुन्धारामा रहेको सञ्चारमाध्यमले खुलासा गरेका छन् । 

सर्वसाधारणलाई हदैसम्मको कारबाही गर्ने सरकार आफ्ना नजिकका मान्छेको गल्तीमा मौन छ । चाहे सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटा, मेडिकल सामग्री खरिदमा अनियमितता गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अपहरणकारीको आरोप लागेका सांसदद्वय महेश बस्ने, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालको भने सरकारले बचाउ गर्दै आएको छ। 

यसरी सतहमा आएकाबाहेक पनि सरकारले आफ्नानिकटका व्यक्तिबाट भएका कयौं कमीकमजोरीको ढाकछोप गर्दै आएको छ । सर्वसाधारणलाई भने सरकारले सामान्य गल्तीमा पनि पक्राउ गर्दै आएको छ। 

राहत वितरण र सरकारको आलोचना गरेको नाममा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा छन् । उनीसँगै राहत बाँड्न हिँडेका अर्का शक्तिबहादुर शाही पनि प्रहरी हिरासतमा छन् । पूर्वसचिव भीम उपाध्याय ६ दिन प्रहरी हिरासतमा बसेर सोमबार रिहा भएका छन् । 

यी र यस्ता कैयौँ घटनाले सरकारको कार्यशैली र दृष्टिकोण कान्नीशासनको धज्जी उडाउने खालको देखिएको छ ।





  • प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार ९:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया