धनगढीकी कोरोनाभाइरस संक्रमितको पाँचौ रिपोर्ट पनि पोजेटिभ !

२५ दिनदेखि सेती अस्पतालमा उपचार गराइरहेकी धनगढीकी महिलाको पाँचौ रिपोर्ट पनि पेजेटिभ आएको छ । ३४ वर्षकी यी महिलामा उनकै देवरबाट कोरोनाभाइरस संक्रमण भएको आशंका गरिएको छ । उनका देवर दुबईबाट फर्किएका थिए । यी युवा चाहिँ केही दिनअघि नै कोरोनालाई जितेर घर फर्किएका छन् ।

सेती प्रादेशिक अस्पतालले दिएको जानकारीअनुसार उनको पाँचपटक परीक्षण गर्दा पनि कोरोनाभाइरस संक्रमण देखिएको हो ।

उनलाई पूर्ण रुपमा ठिक नभएसम्म अस्पतालमा नै राख्ने र पिसिआर परीक्षण गरिरहने सेती प्रादेशिक अस्पतालले जनाएको छ । रिपोर्ट पोजेटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

 





  • प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार ९:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया