राष्ट्रपति र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन वार्ता

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग सोमबार राति टेलिफोन वार्ता गरेकी छिन् । दुई देशका राष्ट्रपतिबीच दुई देशको आपसी हितकाबारे कुराकानी भएको बताइएको छ  । 

कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच लामो समयदेखिको निकट सम्बन्ध रहेको उल्लेख गर्दै गत अक्टोबरमा चीनका राष्ट्रपतिले गरेको नेपाल भ्रमणले अझ सम्बनध मजबुत भएको बताइन् । चिनियाँका राष्ट्रपति सीले पनि उक्त भ्रमणबाट महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

दुई राष्ट्रपतिले कोरोना भाइरसले पछिल्लो समय पुर्याएको विश्वव्यापी असर र यससँग लड्न भइरहेको प्रयासबारे पनि छलफल गरेका थिए । 

फोनवार्ताका क्रममा राष्ट्रपति भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि चीनले गरेको प्रयासको उच्च प्रशंसा गरेकी थिइन् । उनले चीन सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको प्रति पनि धन्यवाद दिइन् ।

जवाफमा राष्ट्रपति सीले कोरोना भाइरस रोकथामका लागि नेपाललाई थप सहयोग गर्न चीन तयार रहेको बताएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि निको भई नियमित कामकाजमा फर्केकामा खुसी व्यक्त गर्दै सुस्वास्थ्यको कामना गरेका थिए । 

आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझै प्रगाढ बनाउन यसअघि दुई देशबीच उच्च स्तरीय भ्रमणका क्रममा भएका समझदारीको कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको थियो ।
 





  • प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार १०:२५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया