मदिरा पिएर बबन्डर मच्चाएका उद्योग वाणिज्य महासंघका अध्यक्ष पक्राउ

कैलाली– उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटी पक्राउ परेका छन् । मदिरा पिएर बबन्डर मच्चाएका बोगटीलाई सोमबार मध्यराति प्रहरीले पक्राउ गरेको हो । 

लकडाउनको समयमा उनले मदिरा पिएर बाटोमा गाडीले ट्राफिक डिभाइडर सबै फुटाइदिएका थिए ।

प्रहरीले यसबारे थप अनुसन्धान गरेर अगाडि बढ्ने जनाएको छ । उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउनले तयारी भएको प्रहरीले जनाएको छ । तर, उनलाई कोरोनाभाइरसको डरका कारण राति नै परिवारको जिम्मामा छोडिएको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार १०:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया