कोरोना महामारी अन्त्य हुन लामो समय लाग्ने : विश्व स्वास्थ्य संगठन

काठमाडौं– विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरस नियन्त्रण हुनेमा संसारले आशा गरिरहेका वेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महामारी अन्त्य हुन अझै लामो समय लाग्न सक्ने बताएको छ ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानम गेब्रेससले अहिले यो महामारीको कारण सामान्य स्वास्थ्य प्रणालीमा अवरोध सिर्जना भइरहेको बताएका हुन् । सोमबार नियमित प्रेस कन्फ्रेन्समा बोल्दै उनले विशेष गरी विश्वको सबैभन्दा गरिब राष्ट्रका बालबालिकामा यसको असर देखिएको उनको भनाइ छ ।

पछिल्लो समय अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिका र केही एसियाली मुलुकमा महामारी बढिरहेको भन्दै चिन्ता व्यक्त गर्दै उनले यो महामारी अन्त्य गर्नुअघि लामो यात्रा तय गर्नुपर्ने र त्यसका लागि धेरै काम गर्नुपर्ने बताएका छन् ।

कोरोना भाइरसको महामारीको कारण एक करोड ३० लाख मानिसलाई पोलियो, दादुरा, हैजालगायतका खोपको समस्या भइरहेको डब्लुएचओको भनाइ छ । अहिलेसम्म २१ मुलुकमा खोपको अभाव भइसकेको छ ।

कोरोना भाइरसको जोखिम बालबालिकामा कम रहेको भए पनि खोपको अभावमा अन्य रोगको जोखिम बढेको उनको भनाइ थियो ।





  • प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार ११:६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया