सरकारी वकिल कार्यालयले पनि लिएन डा. यादवकाे उजुरी

काठमाडाैं– समाजवादी पार्टीका नेता तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवले आफूलाई सांसद महेश बस्नेत र किसान श्रेष्ठ र पूर्वआइजिपी सवेन्द्र खनालले अपहरण गरेको भन्दै जाहेरी दिन खाेज्दा सरकारी वकिल कार्यालयले पनि जाहेरी लिन मानेकाे छैन ।

मंगलबार जनता समाजवादीका पार्टी (जसपा)का नेताहरुसँगै सरकारी वकिलको कार्यालय, काठमाडौं पुगेका थिए ।  त्यहाँ पनि उनीहरुको उजुरी लिन अस्वीकार गरिएकाे हाे ।

उनीहरु २ घन्टा बढी त्यहाँ बसेका थिए ।

यसअघि जसपाका नेताहरुसँग डा. यादव प्रहरी परिसर टेकु पुगेका थिए । तर, त्यहाँ प्रहरीले उजुरी लिन मानेको थिएन । प्रहरीले उनीहरुलाई महोत्तरीमा नै गएर उजुरी दिन भनेको थियो । 

आज सरकारी वकिलको कार्यालयमा यादवसँगै जसपाका नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ पनि छन् ।

बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा। यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।



यादवले आफूलाई जबर्जस्ती काठमाडौं ल्याएको भन्दै अपहरणको मुद्धामा अनुसन्धान गर्न जाहेरी दिन लागेका हुन् ।
 



  • प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार १६:४१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया