कोरोनाभाइरस ठिक हुने भन्दै प्लाज्मा थेरापी सुरु गर्न लागेको भारतमा केन्द्र सरकारले यसलाई रोक लगाइदिएको छ । भारतमा दिल्ली र अन्य राज्यमा कोरोनाभाइरस ठिक भएका व्यक्तिहरुको रगत संकलन सुरु हुन थालिसकेको थियो ।
तर, अहिलेसम्म यसले कोरोनाभाइरस ठिक हुने प्रमाण नभेटिएकाले यस्तो नगर्न भारतको केन्द्र सरकारले आग्रह गरेको छ । यो थेरापीलाई इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले पनि मन्जुर गरेको थिएन । यसलाई रिसर्चका रुपमा मात्र लिने सकिने उसले भनेको छ ।
तर, यो ठिकसँग गाइडलाइन्स प्रयोग नहुने हो भने झन् खतरानक सावित हुने भारतको केन्द्र सरकराल बताएको छ ।
अहिले यसको उपयोग गर्न विश्वभरका देशहरु अग्रसर भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका सचिवले भनेका छन्, ‘यो अहिलेसम्म स्वीकार गरिएको विधि होइन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।