विवादबीच नेकपा सचिवालय बैठक बुधबार बस्ने
फाइल तस्वीर ।

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अन्ततः बुधबार साँझ बस्ने भएको छ । यसअघि यो बैठक आजका लागि तय भएको थियो । तर, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दिनभर वार्ता भएपछि यो बैठक टरेको थियो । 

खासमा प्रधानमन्त्री ओली यो समयमा सचिवालय बैठक चाहँदैनन् । पछिल्ला दिनमा नेकपामा उनीविरुद्ध आवाज उठ्न थालेपछि र उनीनिकट भनिएका नेताहरुले समेत उनलाई छोड्दै गएपछि उनी प्रश्नहरुसँग डराएका छन् । 

अध्यक्ष प्रचण्डनिकट स्रोतले बताएअनुसार अर्का अध्यक्ष ओली बुधबार साँझ सचिवालय बैठक राख्न तयार भएका हुन् । उनी प्रचण्ड र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल मिलेर आफूलाई हटाउन खोजिरहेकोमा कन्भिन्स भएका छन् ।
 

 





  • प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार २०:२३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया