महाकाली तरेर भारत पुगेका ४ नेपाली पक्राउ

दार्चुला — सीमानाका बन्दको अवस्थामा महाकाली तरेर भारत गएका चार नेपालीलाई सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको छ । मंगलबार बिहानै महाकाली तरेर भारत पुगेका चार जनालाई सीमा गस्तीमा रहेको एसएसबीले पक्राउ गरेको हो ।

उनीहरुले पिथौरागढ जिल्लामा पसल खुल्ने जानकारी पाएपछि आएको बताएका भारतीय सुरक्षाकर्मीले जनाएका छन् । पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका खलंगाका शंकर सिंह, राजेश निरौला, महेश टमटा र सन्तोष गौतम रहेका छन् ।

भारतीय सुरक्षाकर्मीका अनुसार शंकरसिंहको भारतको धारचुलामा कपडाको पसल रहेको र अन्य तीन जना सुनचाँदी पसलमा काम गर्छन् । चारै जनाको स्वास्थ्य जाँचपछि नेपाली बस्ने बह्मस्थित राहत शिविरमा राखिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।

कोभिड १९ को संक्रमणबाट जोगिनका लागि नेपाल-भारत आउजाउ बन्द गरिएको छ ।





  • प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार ६:५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया