धनुषा– धनुषाको मिथिला नगरपालिका ७ का वडाध्यक्षको निधन भएको छ । वडाध्यक्ष युवराज उप्रेतीको हृदयघातका कारण निधन भएको हो ।
उनको मंगलबार साँझ निधन भएको बताइएका छ ।
नगरपालिकाको वडानम्बर ८ पोखरियास्थित शहरी विकास बोर्डको योजना अनुगमन गर्न वडाध्यक्ष उप्रेती मेयर र उपमेयरसँगै गएका थिए ।
उपमेयर ताराकुमारी बस्नेतका अनुसार उनी एक्कासी लडेर बेहोस भएको र उपचारका लागि लैजाने क्रममा निधन भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।