काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा आगामी बजेटका विषयमा छलफल भएको बुझिएको छ । प्रधानमन्त्री र सभामुखबीच संघीय संसदको बजेटबारे छलफल भएको सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए ।
उनीहरुबीच बजेट अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको थियो ।
संविधानमा जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ । सोहीअनुसार सरकारले कोरोना कहरकै बीच बजेट ल्याउने तयारी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।