प्रधानसेनापतिका दाबेदार शर्मा रथीमा बढुवा

काठमाडौं– उपरथी प्रभुराम शर्मा रथीमा बढुवा भएका छन् । वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई रथीमा बढुवा गरेको हो । 

शर्मा प्रधानसेनापतिका दाबेदार मानिन्छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको सिफारिसमा शर्माको बढुवा भएको हो । 

यसअघि बलाधिकृत रथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले शर्माको नाम सिफारिस गरेको थियो । 

शर्मा वर्तमान प्रधानसेनापति थापापछि प्रधानसेनापतिको रोलक्रममा छन् । थापाको कार्यकाल २०७८ भदौसम्म रहेको छ। सेनामा दुई रथी रहने प्रावधान छ । 

दोस्रो वरीयतामा रहेका रथी (बलाध्यक्ष) गौरव तण्डुल उमेर हदका कारण वैशाख १९ बाट अनिवार्य अवकाशमा जाँदै छन् । वैशाख १९ गते तण्डुलको अवकास भएपछि शर्माले रथीको कार्यभार सम्हाल्नेछन् । 

सेनामा पहिलो वरियतामा रहेका रथी (बलाधिकृत) शरद गिरीले पनि असार पहिलो साता उमेर हदका कारण अनिवार्य अवकास पाउँदै छन् ।



त्यसपछि शर्मा पहिलो वरीयताका रथी बन्नेछन् । शर्माको कार्यकाल २०७८ पुसससम्म रहनेछ । सैनिक ऐनअनुसार उनी प्रधानसेनापति बन्न सक्नेछन् ।
 



  • प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार ११:४१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया