२० गते फेरि बैठक गर्ने निर्णय मात्र गरेर सकियो नेकपा सचिवालय बैठक

काठमाडौं– पार्टीमा जारी विवादबीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार साँझ बसेको सचिवालय बैठक सकिएको छ । बैठकले २० गते फेरि सचिवालय बैठक बस्ने निर्णय गरेको छ ।

आज साँझ बसेको बैठकमा कुनै औपचारिक निर्णय भएन । यो बैठकले स्थायी समिति बैठक बोलाउने विषयमा छलफल गर्ने यसअघि अनुमान गरिएको थियो । तर, अब २० गतेको बैठकमा यसबारे छलफल हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

‘आज हाम्रो पार्टीको सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको स्थायी कमिटी बैठक र यससँग जेडिएका विविध पक्षबारे गम्भीर विचार विमर्श भयो र, छलफल जारी छ,’ बैठकपछि उनले भने,  ‘यसबीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्य अगाडि बढाउँदै यही २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय भएको छ ।’

नेकपाका सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि पार्टी एकतालाई मजबुत बनाउने, सरकारले गरेका राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने निर्णय गर्दै सचिवालय बैठक सकिएको जानकारी दिएका छन् ।
 





  • प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार २२:२३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया