कुन बिमारीसँग लडिरहेका थिए ऋषि कपुरलाई ?

एजेन्सी– बलिउडका चकलेटी हिरो तथा बलिउडका सोम्यान समेत भनिने अभिनेता तथा निर्देशक राज कपुरका छोरा अभिनेता ऋषि कपुरको बिहिबार निधन भएको छ । उनको निधन क्यान्सरका कारण भएको हो । उनलाई दुई वर्ष अगाडि नै क्यान्सर भएको पत्ता लागेको थियो । 

बुधबारमात्र बलिउडका चर्चित अभिनेता इरफान खानको पनि क्यान्सरकै कारण निधन भएको हो । खानलाई न्युरोइन्डोक्राइन क्यान्सर भएको थियो । 

सन् २०१८ मा क्यान्सरको उपचार गर्नका लागि ऋषि कपुर न्युयोर्क गएका थिए । केही महिना त्यहाँ उपचार गरेपछि उनले क्यान्सरलाई जितेको भनिएको थियो । उनी सन् २०१९ मा भारत फर्किएर आए ।

उनलाई ल्युकेमिया अर्थात् रगतकाे क्यान्सर भएकाे थियाे ।

तर, भारत आएपछि उनलाई लगातार अस्पताल जानु परेको थियो । फ्रेबुअरीमा उनी दुई पटक अस्पतालमा भर्ना भइसकेका थिए ।

उनको निधनसँगै बलिउड स्तब्ध भएको छ । अभिनेता अमिताभ बच्चनले आफू टुटेको भन्दै ट्विट गरेका छन् ।



 




  • प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार ११:२३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया