ह्वाइट हाउसले ट्विटरमा किन अनफलो गर्‍यो मोदीलाई ?

कोरोनाभाइरसको यो संकटमा हाइड्रोक्सिक्लोरोक्विन औषधी दिएको भन्दै अमेरिकाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निकै प्रशंसा मात्र गरेको थिएन, सामाजिक सन्जाल ट्विटरमा फलो पनि गरेको थियो । मलेरियाको यो औषधी राष्ट्रपति ट्रम्पले मागेपछि मोदीले पठाएका थिए ।

तर, अचानक बुधबार दिउँसो भारतीय ट्विटर ह्यान्डलहरुलाई अमेरिकी ह्वाइट हाउसको ट्विटर ह्यान्डलबाट अनफलो गरिएको छ ।

अब उसले यसरी अनफलो गर्नुको कारण पनि बताएको छ ।

भारतका राष्ट्रपति, प्रधानमन्त्री मोदी, प्रधानमन्त्री कार्यालय, अमेरिकामा भारतीय दूतावास तथा भारतमा अमेरिकी दूतावासको ट्विटर ह्यान्डललाई ह्वाइटहाउसले फलो गरेको थियो । 

तर, अब उसले यो ट्विटर ह्यान्डलबाट अमेरिकी अधिकारीहरुको मात्र ट्विटर फलो गर्ने नियम भएकाले यी सबै ह्यान्डललाई अनफलो गरेको जनाएको छ । ट्रम्पको भारत भ्रमणको समयमा यी ह्यान्डलहरु फलो गरिएको उसले जनाएको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार १४:१४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया