ऋषि कपुरको निधन कोरोनाभाइरसबाट भएको आशंका

बलिउड अभिनेता ऋषि कपुरको बिहीबार विहान निधन भयो । ६७ वर्षको उमेरमा यो दुनियाँलाई अलविदा भनेका यी अभिनेताको निधन मुम्बईको एचएन रिलायन्ड फाउन्डेसन अस्पतालमा भएको हो । 

भारतीय मिडिया पन्जाब केसरीमा आएको समाचारअनुसार ऋषिको छातीमा यसपटक समस्या देखिएको थियो । उनलाई ज्वरो पनि आएको थियो र सास लिन समस्या परेको थियो ।

त्यसैले उनलाई अस्पताल भर्ना गरिएको थियो । पन्जाब केसरीले अस्पताल स्रोतको हवाला दिँदै लेखेको छ– उनलाई कोरोनाभाइरस भएको आशंका पनि गरिएको थियो । 

यी सबै लक्षण देखिएकाले अब उनको स्वाबबाट कोरोनाभाइरस संक्रमणको परीक्षण गरिने बताइएको छ । 
 

 





  • प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार १४:३०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया