ऋषि कपुरका अन्तिम शब्दः मेहनेत गरे सफलता मिल्छ (भिडियोसहित)

नाम र सफलता मेहनतपछि नै आउँछ...

यी आखिरी शब्दहरु हुन्, बलिउड अभिनेता ऋषि कपुरका । यो भिडियो अहिले भारतीय सामाजिक सन्जालमा निकै भाइरल भएको छ । जुन समय एचएन रिलायन्स फाउन्डेसनका स्टाफले ऋषि कपुरसँगको यो भिडियो रेकर्ड गरेका थिए ।

त्यतिबेला उनलाई थाहा थिएन कि यो ऋषि कपुरको अन्तिम भिडियो हुँदैछ ।

ऋषि कपुरको आज विहान भारतीय समयअनुसार पौने नौ बजे निधन भएको छ । साँझ साढे चार बजे उनको मुम्बईमा रहेको चन्दनवाडी श्मशान घाटमा अन्तिम संस्कार पनि गरियो । यो अन्तिम संस्कारमा उनकी पत्नी नीतू, छोरा रणबीर, करिना कपुर, सैफ अलि खान, अभिषेक तथा ऐश्वर्या बच्चन पनि सहभागी भएका थिए । ऋषिको निधनपछि उनकी पत्नी नीतूले भनेकी छिन् कि उनले अन्तिम समयसम्म पनि मानिसहरुलाई हसाइँरहेका नै थिए ।

यो अहिले भाइरल भएको भिडियोमा चाहिँ ऋषिले थरथराउँदो आवाजमा भन्छन्– मेरो आर्शिवाद तिमीसँग छ, बहुत राम्रो गर, सफलता प्राप्त गर । मेहनत गर, हेर सफलता र नाम सबै मेहनतपछि नै पनि मिल्छ । जब मेहनत र थोरै भाग्यले साथ दिन्छ, फल आफैं रुखमा फल्छ । यसका लागि एक गाँठबाँध राख्न आवश्यक छ ।
 

  • प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार १८:०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया