एसइई जेठ अन्तिममा हुनसक्ने

राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा जेठको अन्तिममा गर्न सकिने सिफारिस गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई गरिएको यो सिफारिस अनुसार अब १५ असारसम्म सकिने तरिकाले एसइई परीक्षा हुनेसक्ने सम्भावना बढेको छ ।

तर, कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन २५ वैशाखपछि पनि जारी रहेमा यसमा परिवर्तन आउन सक्ने बताइएको छ ।

यसअघि परीक्षा केन्द्र नजिकका विद्यालयहरुमा नै राखेर यो परीक्षा गर्न सकिने बताइएको थियो । 

त्यस्तै, एसइई र कक्षा १२ को परीक्षा पनि एउटै समयमा गर्न सकिने विषयमा छलफल भएको छ । यसका लागि केन्द्रहरुमा दुई सिफ्टको तयारी गर्न सकिने बताइएको छ । 

यस वर्ष एसइई परीक्षामा चार लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी सहभागी हुँदैछन् । यो परीक्षा यसअघि ६ चैतमा गर्ने तयारी थियो ।
 

 





  • प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार १९:३४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया