रोल्पामा बम विस्फोट, चार जना बालबालिकाको मृत्यु

रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा कम्तिमा पनि चार जना बालबालिकाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार त्यहाँ बालबालिकाले पुरानो बम नचिनेकाले खेलाएका थिए । त्यही खेलाउने क्रममा बम विस्फोट भएको र चार बालबालिकाको मृत्यु भएको हो ।

त्यहाँ अर्को पनि बम भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

यसबारे प्रहरीले अनुसन्धान थालेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

 





  • प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार २०:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया