Thu, 04 Jun, 2020


इरफानले पूरा गर्न नपाएको आमाको अन्तिम चाहना
फरकधार / बैशाख १८, २०७७

बलिउड अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा निधन भयो । उनी बलिउडदेखि हलिउडसम्म छाएका थिए । संसारमा निकै धेरै दर्शकको मन जितेका इरफानले क्यान्सरलाई जित्न सकेनन् । बुधबार उनले विश्वलाई अलबिदा भनेका छन्, मुम्बईको कोकिलाबेन अस्प्तालमा । 



इरफानले मृत्यु हुनुभन्दा तीन दिनअघि मात्र उनकी आमाले पनि यो संसार छाडेकी थिइन् । अनि इरफानको मृत्यु सँगसँगै उनकी आमाको पनि अन्तिम चाहना अब पूरा नहुने भएको छ । 

राजस्थानको राजधानी जयपुरमा जन्मिएका इरफान खान लामो समयदेखि बिरामी थिए । उनलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो । 

आफ्नो निधनभन्दा अगाडि उनकी आमा सइदा बेगमले भनेकी थिइन्, ‘मेरा छोरा छिट्टै ठिक हुनेछ र मृत्युसँगको लडाईं जितेर फर्किनेछ ।’

इरफानको परिवारका अन्य सदस्यले उनको यो चाहनाबारे बताएका हुन् । तर, अब इरफानको निधन भएको छ । विडम्बना ! उनकी आमाको अन्तिम चाहना पूरा हुन पाएको छैन ।
 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्