अछाममा आइसाेलेसनमा महिलाकाे मृत्यु, १३ चिकित्सक क्वारेन्टाइनमा

अछामको जिल्ला अस्पतालकाे आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ । ५१ वर्षीया यी महिलाकाे बिहीबार विहान निधन भएकाे हाे ।

ज्वरो आएपछि गत सोमबार अस्पताल पुगेकी उनलाई चिकित्सकहरूले कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखेर उपचार थालेका थिए । 

सार्कीको मृत्युपछि स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि सुर्खेत पठाइएको छ । अस्पताल भर्ना भएको दिन सार्कीलाई ९९ दशमलव ८ डिग्री फरेनहाइट ज्वरो आएको र टाउको दुख्ने तथा खोकी लाग्ने गरेको थियो ।

त्योबाहेक उनले आफूलाई धेरै पहिलेदेखि नै हातखुट्टा दुख्ने समस्यासमेत रहेको बताएकी थिइन् ।

अस्पताल भर्नापछि कोरोना संक्रमण परीक्षणका क्रममा उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट भने नेगेटिभ देखिएको थियो । सार्कीको मृत्युपछि उनको उपचारमा संलग्न सबै १३ जना चिकित्सक होम क्वारेन्टाइनमा बसेका छन् ।





  • प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार २३:८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया