ओली प्रधानमन्त्री भइरहने राजनीतिक र नैतिक आधार गुम्यो: काङ्ग्रेस
फाइल तस्वीर ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गरी संविधानको भावनाविपरीतको काम गरेर केपी ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको टिप्पणी गरेको छ । लकडाउनबीच सरकारको समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

‘सरकार कोरोनाको महामारीको जोखिमपूर्ण र गम्भीर अवस्थामा यसको उचित व्यवस्थापन गर्नुको साटो यस संवेदनशील समयलाई लोकतान्त्रिक भावनाविरोधी कार्य गर्ने अवसरका रूपमा प्रयोग गरिरहेको छ,’ कांग्रेस निर्णयमा उल्लेख छ, ‘सरकारका क्रियाकलापले नेपाली जनताले विगतको निर्वाचनमार्फत प्रदान गरेको अभिमतको घोर उपेक्षा र अपमान गरेको छ । तसर्थ नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ ।’

बैठकमा सभापति शेरबहादुर देउवासहितका प्रभावशाली नेता र केन्द्रीय सदस्यहरूले कोरोनाविरुद्ध प्रभावकारी रूपमा लाग्नुपर्ने सरकार अध्यादेश ल्याउने, दल विभाजन गर्ने, सांसद अपहरण गर्नेजस्ता लोकतन्त्र र संविधानविरोधी काममा लागको आरोप लगाएका थिए । 

बैठकले कोरोनासँग जुध्नुपर्ने सरकार अध्यादेश ल्याउने र दल विभाजन गर्ने, सांसद अपहरण गर्नेजस्ता कुकृत्यमा लागेको आरोप लगाएको छ । ‘वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागिपरेको छ । एकपछि अर्को गरी भ्रष्टाचारका कार्यहरु भइरहेका छन् । मुलुक कोभिड– १९ को गम्भीर जोखिममा रहेका वेला मेडिकल सामग्री खरीदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण विषय हो,’ निर्णयमा भनिएको छ, ‘पछिल्लो समयमा विवादास्पद दुईवटा अध्यादेश जारी गर्नु, राजनीतिक दल विभाजन गर्ने कार्यमा सरकार स्वयं संलग्न भई सांसदलाई अपहरण गर्नेजस्तो कुकृत्य गर्नु, त्यस्ता कार्यको छानबिन अनुसन्धान गर्न माग गर्दा जाहेरीसम्म दर्ता गर्न इन्कार गर्नु सरकारको बदनियत पुष्टि गर्ने घटना हुन् ।’





  • प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार २३:३०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया