कोरोनाभाइरस भ्याक्सिनः इबोलाको औषधीले जगाइदिएको आशा

अमेरिकामा कोरोनाभाइरस (कोभिड १९) का बिरामीको उपचारका लागि रेमडेसिवियर औषधीप्रति आशा जागेको छ । यो औषधीले कोभिड १९ का बिरामीलाई ठिक गर्न सक्ने स्पष्ट संकेत मिलेको पनि अमेरिकाले जनाएको छ ।

यो औषधीको क्लिनिकल ट्रायलमा यसको पुष्टि भएको बताइएको छ । र, यही औषधीका कारण १५ दिनमा देखिने कोभिड १९ का लक्षण ११ दिनमा नै देखिन थालेको पनि बताइएको छ । 

तर, यसबारे पूरै जानकारी आएको छैन । तैपनि अमेरिकी विशेषज्ञले भनेका छन् कि यो औषधीले कोरोनाभाइरसलाई पनि ठिक गर्न सक्ने निकै धेरै प्रमाणहरु भेटिएका छन् । 

तर, यही औषधीलाई बिरामीको लागि जादुयी पुरिया भन्न नसकिने उनीहरुले बताएका छन् । 

यो औषधीले चाहिँ मानिसहरुको जीवन बचाउन सक्ने क्षमता विकास हुने र अस्पतालमाथिको बोझ कम हुने बताइएको छ ।

यो औषधी खासमा इबोलाको उपचारका लागि विकास गरिएको थियो । यो एक एन्टीभाइरल औषधी हो । 



कुनै पनि भाइरस जब मानिसको शरीरमा प्रवेश गर्छ, उसले आफूलाई बलियो बनाउन रेप्लिकेट गर्न थाल्छ । अर्थात् भाइरसको संख्या मानिसको शरीरमा बढ्दै जान्छ । अनि यही कारण मानिसको शरीकार कोषहरुको मृत्यु हुन थाल्छे । तर, यो प्रक्रियामा यो भाइरसका लागि पनि एउटा इन्जाइमको आवश्यकता पर्छ । 

यो औषधीले यही इन्जाइमलाई खत्तम गरिदिने बताइएको छ ।



अमेरिकामा यो औषधीको ट्रायल राष्ट्रिय एलर्जी तथा संक्रामक रोक संस्थानमा भएको थियो । यो परीक्षणमा १ हजार ६३ जनाले सहभागिता जनाएका थिए । यसमा केही व्यक्तिहरुलाई यो औषधी दिइएको थियो । केहीलाई पेलेसिबो दिइयो । पेलेसिबोमा कुनै औषधीय गुण हुँदैन । यो पानी र चिनी घोलेर बनाइएको औषधिको ट्याबलेट जस्तै हुने ट्याबलेट हो । यसलाई परीक्षणहरुमा बारम्बार प्रयोग गर्ने गरिएको छ । तर, यसमा सहभागीहरुलाई आफूले के खाइरहेको छु भन्ने थाहा दिइँदैन ।

अब अमेरिकी राष्ट्रिय एलर्जी तथा संक्रामक रोग संस्थाका प्रमुख डा. एन्थनी फाउचीले भनेका छन् कि यो औषधीले कोभिड १९ का बिरामीलाई ठिक गर्न सक्ने प्रमाणहरु भेटिन थालेका छन् । 

यो औषधीले भाइरसलाई ब्लक गर्न सक्ने र यसले मानिसलाई संक्रमणबाट बच्न सहयोग गर्ने उनले बताएका छन् । 

तर, संक्रमण भइसकेपछि यसले कस्तो प्रभाव पार्छ भन्ने अहिलेसम्म खुलेको छैन ।

यस्तो भएको खण्डमा पनि यो औषधी खाँदा सामाजिक दूरीको आवश्यकता कम हुँदै जानेमा उनीहरुले विश्वास लिएका छन् ।

तर, इबोलाका लागि बनेको यही औषधीको चीनमा गरिएको परीक्षणमा चाहिँ राम्रो नतिजा आएको थिएन । 
 

 

  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार ३:२२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया