पाकिस्तानी संसदको माथिल्लो सदन राष्ट्रिय सभाका सभामुख तथा पाकिस्तान तहरिक ए इन्साफका वरिष्ठ नेता असद कैसरलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।
उनले यसको जानकारी आफैं दिएका हुन् । ट्विटरमा एक ट्विट गर्दै उनले आफूलाई कोरोनाभाइरस संक्रमण देखिएको र घरमा क्वारेन्टाइनमा रहेको जनाएका छन् । उनले मानिसहरुलाई आफ्ना लागि प्रार्थना गरिदिन अनुरोध गर्दै सतर्क हुन पनि अनुरोध गरेका छन् ।
उनले एक साताअघि मात्रै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भेटेका थिए ।
अब उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएसँगै प्रधानमन्त्री खानलाई पनि कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । पाकिस्तानी मिडियाले अब खानको परीक्षण हुने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।