कर्णाली नदीमा डुबेर हुम्लामा एक मजदूर बेपत्ता भएका छन् । २१ वर्षका टसी बल मकवानपुरको कैलाश गाउँपालिका– १० घर भएका बल नाम्खा गाउँपालिका– १ मा निर्माणाधीन सडकका मजदुर हुन् ।
च्याछरा भिरमा विस्फोटन गर्ने काममा उनी खटिँदै आएका थिए ।
गएको मंगलबार नुहाउन गएको वेला उनी नदीमा डुबेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । बेपत्ता युवकको खोजी गर्न सुरक्षाकर्मी र स्थानीय परिचालित छन् ।
तीन दिनदेखि खोजी गरिरहे पनि उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।