चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्न र सरकारको विरोध गर्न नेपाल विद्यार्थी (नेवि) संघले राँके जुलुस निकालेको छ । बिहीबार साँझ भरतपुरमा निकालिएको नेवि संघको यो राँके जुलुसमा सामाजिक दूरी चाहिँ कायम गरेको दाबी गरिएको छ ।
पछिल्लो समय कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका कामलाई थाँती राखेर सरकार राजनीतिक दाउपेच र भ्रष्टाचारमा लिप्त भएकाले यो राँके जुलुस निकालेको चितवन नेवि संघले जनाएको छ ।
भरतपुरमा कोरोना विशेष अस्पतालमा भएको अनियमितता र सांसद अपहरणजस्ता विषयमा सरकार जिम्मेवार हुन नसकेको नेवि संघको आरोप छ ।
भरतपुरको नहरचोकबाट निकालिएको यो राँके जुलुस विशाल चोकसम्म पुगेको थियो । त्यहाँ कोणसभामा परिणत जुलुसमा चितवनका नेवि संघका नेताहरुले भाषण गरेका थिए ।
कृष्ण बगाले, बसन्त गैरे, राजेश भुषाललागयत गरेको भाषणमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।