साउदीमा ३१ नेपाली कोरोनाभाइरस संक्रमित, ६ जना निको भए

विश्व महामारी बनेको कोरोनाभाइरस (कोभिड १९) का संक्रमित नेपालमा धेरै नभए पनि विदेशमा बस्ने नेपालीका लागि अब यो कहरको विषय भएको छ ।

बिहीबार मात्र बहराइनमा कोरोनाभाइरस संक्रमित नेपालीको संख्या एक सय ५७ पुगेको छ । अमेरिका, बेलायत, फ्रान्सलगायतका देशमा पनि कोरोना संक्रमित नेपालीको संख्या बढिरहेको छ ।

यहीबीच अब साउदीको जेद्दा क्षेत्रमा पनि २६ जना नेपाली श्रमिकलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।

योसँगै साउदीमा कोरोनाभाइरस संक्रमित नेपालीको संख्या ३१ पुगेको छ । यीमध्ये अहिलेसम्म ६ जना ठिक भएर घर फर्किएका छन् । 

साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले दिएको जानकारीअनुसार अन्यको स्वास्थ्य अवस्था पनि सामान्य छ । 

साउदीमा अहिलेसम्म २२ हजार ७ सयभन्दा धेरै जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । कोभिड १९ का कारण साउदीमा एक सय ६२ जनाले ज्यान गुमाइसकेका छन् ।
 



 



  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १:५०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया