[अन्तर्राष्ट्रिय श्रमिक दिवस] काङ्ग्रेस र मजदुर एकअर्काका सहयोगीः देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मजदुर र काङ्ग्रेस एकअर्काका सहयोगी भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै देउवाले यस्तो बताएका हुन् ।

उनले कोरोनाभाइरसका कारण समस्यामा परेका मजदुरहरुलाई अविलम्ब राहतको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले कांग्रेस नेतृत्वमा २००३ सालमा विराटनगरमा पहिलो मजदुर आन्दोलन भएको भन्दै कांग्रेस मजदूरको साथमा सधैं रहेको बताएका छन् । तर, अहिले कोरोनाभाइरसका कारण सम्पूर्ण नागरिकको जीवन सहज हुन नसकेको र श्रमिकहरुले पनि कष्टकर दैनिकी बिताउनु परेको उनले बताएका छन् । 

उनले यसबारे कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको र कांग्रेसले आफ्नो तर्फबाट पनि सहयोग गरिरहेको बताएका छन् । 
 

 





  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार ९:६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया