ट्रम्पले फेरि भने– चीनको ल्याबमा बनेको हो कोरोनाभाइरस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि चीनको ल्याबमा कोरोनाभाइरस विकास गरिएको बताएका छन् । उनले यसबारे किन विश्वास गरिरहेका छन् भनेर सोधिएको प्रश्नमा जवाफ दिएका छन्, ‘हो मैले देखेको छु ।’

उनले आफूले किन यस्तो मान्न थालेको भन्नेबारे बताउन नसकेको पनि बताएका छन् । उनले चीनले यो भाइरस फैलाउनबाट नरोकेकाले पनि यस्तो गरेको बताएका छन् । 

चीनले पूरै पारदर्शिता नदेखाएका कारण आफूलाई यस्तो लागेको हुनसक्ने पनि उनले बताएका छन् । एक दिनअघि मात्र उनले चीनले आफूलाई फेरि राष्ट्रपति नहोस् भनेर यो सब गरिरहेको आरोप लगाएका थिए । उनको यो आरोपलाई चीनले खारेज गरिदिँदै आफूलाई अमेरिकी निर्वाचनमा कुनै चासो नभएको बताएको थियो ।

यसअघि अमेरिकाको जासुसी संस्थाका निर्देशकको अफिसबाट एउटा विज्ञप्ति आएको थियो । त्यसमा कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको वा कुनै ल्याबमा बनाइएको भन्नबारे आफूहरुले अनुसन्धान गरिरहेको बताइएको थियो । 

चीनले चाहिँ यसअघि नै यस्तो आरोपको खारेज गरेको छ ।

पहिलो पटक चीनको वुहानमा गत डिसेम्बरको अन्त्यमा देखिएको कोरोनाभाइरसका कारण अब विश्वभर ३२ लाखभन्दा धेरै मानिस संक्रमित भएका छन् भने २ लाख ३० हजारभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् ।
 



 



  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार ९:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया