वडाध्यक्षमाथि चार राउन्ड गोली प्रहार

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि चार राउन्ड गोली प्रहार भएको छ । उनीमाथि गए राति गोली प्रहार भएको हो । तर, गोली वडाध्यक्ष सहाबुद्दिन मुसलमानलाई लागेन । उनी सकुशल रहेको जनाइएको छ ।

उनी आफ्नै घरमा सुतिरहेका थिए । राति १ बजेतिर उनीमाथि गोली प्रहार भएको हो । यसमा दुई व्यक्ति संलग्न भएको प्रहरीले आशंका गरेको छ । 

घटनामा संलग्न भएको आशंकामा पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको छ । वडाध्यक्ष र पप्पुबीच पहिले देखि नै विवाद भएको बताइएको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १०:३८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया