दुई दिनअघि मात्र कोरोनाभाइरसको सन्दर्भमा दक्षिण कोरियाबाट खुसीको समाचार आएको थियो– अब त्यहाँ एक जना पनि कोरोनाभाइरस संक्रमित छैनन् ।
तर, शुक्रबार फेरि त्यहाँ कोरोनाभाइरस संक्रमित भेटिएका छन् । शुक्रबार दक्षिण कोरियामा ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।
यीमध्ये ८ जना विदेशबाट आएको विश्वास गरिएको छ ।
बिहिबार साढे दुई महिनामा दक्षिण कोरियामा एक जनामा पनि कोरोनाभाइरस संक्रमण देखिएको थिएन ।
दक्षिण कोरियामा योसँगै अब १० हजार ७ सय ७४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । त्यहाँ कोभिड १९ का कारण २ सय ४८ जनाले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।