धनगढीकी कोरोनाभाइरस संक्रमितको छैटौं रिपोर्ट पनि पोजेटिभ

धनगढीमा कोरोनाभाइरस संक्रमित ३४ वर्षीया महिलाको छैटौं रिपोर्ट पनि पोजेटिभ आएको छ । २२ चैतमा उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

२८ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको छैटौं रिपोर्ट पनि पोजेटिभ देखिएपछि उनको उपचार अस्पतालमा नै राखेर गरिने भएको छ । 

यी महिलाको परिवारका अन्य एक सदस्यलाई पनि कोरोनाभाइरस संक्रमण भएको थियो । उनी नाताले उनका देवर थिए । उनी दुबईबाट फर्किएका थिए । उनी चाहिँ उपचारपछि स्वास्थ्यलाभ गरेर घर फर्किइसकेका छन् । 

नेपालमा कोरोनाभाइरस संक्रमणमा यो नै पहिलो कम्युनिटी ट्रान्समिसन थियो ।
 

 





  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १०:५९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया