श्रमिकवर्गलाई हेरेर कार्यक्रम ल्याऊ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार श्रमिक दिवसको शुभकामना व्यक्त गरेका छन् । 

शुभकामना उनले श्रमिक वर्गलाई केन्द्रमा राखेर आगामी नीति, कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

श्रमिक मजदुरहरुको हकहितका लागि भएका संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई यतिबेला अझै प्रभावकारी बनाउनुपर्ने पुनको भनाइ छ ।

उपराष्ट्रपति पुनले कोरोनाका कारण श्रमिकको दैनिकी कठिन बनेकोले उचित ध्यानदिनुपर्ने बताएका हुन् ।

अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका नेपालीले पनि कोरोनाका कारण रोजगारी गुमाउन सक्ने देखिएकाले त्यसबाट उत्पन्न हुने बेरोजगारी र देशको अर्थतन्त्रमा पर्ने प्रभावबारे ध्यान दिन पनि सरकारलाई आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार ११:२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया