भारतबाट आएका थिए रुपन्देहीका कोरोनाभाइरस संक्रमित युवा

कोरोनभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भारतमा लकडाउन आह्वान गरियो । त्यसपछि विभिन्न ठाउँमा बस्ने कामदारहरु र व्यक्तिहरुले हिँडेरै लामो यात्रा तय गरे । 

त्यही यात्रा तय गर्नेमध्येका एक थिए, नेपालमा कोरोनभाइरस संक्रमण देखिएका ५८ औं व्यक्ति । अर्थात्, आज कोरोनभाइरस संक्रमण पुष्टि भएका रुपन्देहीका युवा भारतबाट लकडाउन भएपछि हिँडेर नेपाल आएको पत्ता लागेको छ ।

२५ वर्षका यी युवा भारतबाट आएपछि घरमा चाहिँ गएनन् । उनी रुपन्देहीमा रहेको क्वारेन्टाइनमा गएर बसे । उनमा कोरोनाभाइरस संक्रमणका कुनै लक्षण देखिएका थिएनन् । 

तर, ट्राभल हिस्ट्रीका कारण उनको कोरोनाभाइरस परीक्षण गरिने भइयो । अनि स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा उनमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । 

उनलाई कोरोनाभाइरस पुष्टि भएसँगै बुटवलको प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । 

उनीसँगै प्रदेश ५ मा पहिलो पटक अर्का एक व्यक्तिमा पनि कोरोनभाइरस संक्रमण देखिएको छ ।
 



 



  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १७:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया