रणबीरले राकेश रोशनलाई दिए बुबाको मृत्युको जानकारी, अनि...

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधनले बलिउडका लागि ठूलो धक्का लागेको छ । उनले अहिले नै दुनियाँलाई अलबिदा भन्छन् भन्ने सायदै कसैले सोचेको थियो । उनको निधनले उनका साथीहरु निकै गहिरो शोकमा छन् । तिनैमध्ये एक हुन्, राकेश रोशन ।

राकेशले जब थाहा पाए कि ऋषि कपुर यो दुनियाँमा छैनन्, उनी रुन थाले । तर, उनलाई सम्झाए, ऋषिकै छोरा रणबीर कपुरले । 

राकेशले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूलाई ऋषिको निधनबारे रणबीरले नै जानकारी दिएको बताएका छन् । ‘पहिले मैले रणधीरलाई फोन गरेको थिएँ, उठेन,’ उनले भनेका छन्, ‘त्यसपछि रणबीरलाई गरेँ ।’ 

‘अनि उनले ऋषिको निधन भएको जानकारी दिएपछि म रुन थालेँ,’ उनले भनेका छन्, ‘मैले रणबीरलाई सान्त्वना दिनुपथ्र्यो तर उनले नै मेरो हौसला बढाए ।’
 

 





  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १७:४०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया